समाचार प्रदेश नम्बर ७ का चार जिल्लामा मतदान सुरु
Ujyaalo

काठमाडौं, मंसिर १० – पहिलो चरण अन्तर्गत प्रदेश नम्बर सातका चार वटा जिल्लामा आज चुनाव हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा चुनाव हुन लागेको हो । यी जिल्लामा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् ।


प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र छन् । बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणमा ३ लाख ८४ हजार ९ सय ४१ जना मतदाताले भोट हाल्न पाउने छन् ।


प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६ सय ७३ जना मतदाता रहेका छन् । प्रदेश नम्बर ७ का १ हजार १ सय ९ वटा मतदान स्थलमा १ हजार ९ सय वटा मतदान केन्द्र तोकिएको छ । यी मध्य ४ सय २५ मतदान स्थलका ५ सय ७१ वटा मतदान केन्द्रमा पहिलो चरणमा मतदान सुरु भएको हो ।

 

Share It

Post Comments
थप समाचार