
धादिङ, मंसिर १० – धादिङमा मतदाता हिँड्ने बाटोमा बम भेटिएको छ । धादिङको गल्छी कुलभञ्याङमा मतदाता हिँड्ने बाटोमा तारले बेरेको सुतली बम भेटिएको हो । बम अहिलेसम्म डिस्पोज भएको छैन ।
यस्तै धादिङका दुईवटा मतदात केन्द्र नजिकै राखिएका दुईवटा बम डिस्पोज गरिएको छ । धुनीबेसी नगरपालिका ५ र गल्छी ५ कोइलीखर्कमा रहेको मतदान केन्द नजिकै भेटिएको बम बिहानै सेनाले डिस्पोज गरेको हो ।
साथै, धादिङका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मूख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिनुभयो ।
Share It
Post Comments
थप समाचार