समाचार पाँचथरमा मतदान सुरु, मौसम खुलेपछि मतदातालाई सजिलो
Ujyaalo

पाँचथर, मंसिर १०–पाँचथरमा मतदान शुरु भएको छ । ६० वटा मतदान स्थलका एक सय ६५ स्थानमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान केन्द्रमा मतदाताको लाइन लागेको छ ।

हिजोसम्म तुसारो परेको ठाउँमा पनि आज बिहानैबाट मौसम खुलेको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेव हुमागाईले जानकारी दिनुभयो । उहाँले सुरक्षा अवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

सवैजसो मतदान केन्द्रमा सडक पुगेको र सडक नपुगेका केहि केन्द्रमा हिडेर एक घण्टामा पुग्न सकिने भएकाले आज नै मत पेटिका ल्याउन सकिने उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार