समाचार दोलखाको २ ठाउँमा शंकास्पद वस्तु फेला
Ujyaalo

दोलखा, मंसिर १० – दोलखा सदरमुकाम चरिकोटका दुई गाउँमा शंकास्पद बस्तु फेला परेको छ । सडक डिभिजन कार्यालय अगाडिको सडकमा शंकास्पद बस्तु फेला परेको हो ।

बाटो हिँड्ने स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रशासनलाई खबरको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी बालकृष्ण कटुवाल जानकारी दिनुभयो ।


यसैगरी, लामासाँघु–जिरी सडकखण्डमा पर्ने भिमेश्वर नगरपालिकास्थित बालगृह अगाडि शंकास्पद बस्तु फेला परेको छ । मतदातालाई तर्साउनका लागि पाइप भित्र शंकास्पद बस्तु राखेको हुन सक्ने सहायक प्रजिअ कु्वालको भनाई छ । शंकास्पद बस्तु भएको गाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ ।

 

Share It

Post Comments
थप समाचार