समाचार संखुवासभामा पनि मतदान सुरु
Ujyaalo

संखुवासभामा, मंसिर १०– सखुवासभाका धेरैजसो मतदान केन्द्रमा मतदान भइरहेको छ । धेरैजसो ठाउँमा विहान ७ बजेदेखि मतदान सुरु भएको तर बिकट गाउँ हटिया र थुदामको अवस्था भने थाहा भइनसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यहाँ सञ्चार सम्पर्क हुन सकेको छैन । धेरै चिसो हुने भएकाले विहान १० बजेदेखि मात्र मतदान सुरु हुने सम्भावना रहेको कार्यालयले जनाएको छ । संखुवासभामा जम्मा १ लाख ५ हजार ८५ जना मतदाता यस्तै १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र छन् ।

Share It

Post Comments
थप समाचार