समाचार लोकतान्त्रिक गठबन्धनले वाम कार्यकर्तालाई ढुंगामुढा गरेपछि मतदान सुरु हुन सकेन
Ujyaalo

धादिङ, मंसिर १० – धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएका स्थानीयबासिन्दाले बताएका छन् ।

मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएका स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

 

Share It

Post Comments
थप समाचार