समाचार गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकका मतदाता बिहानैदेखि भोट हाल्न लाइनमा
Ujyaalo

मंसिर १० – गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकका मतदाता बिहानैदेखि भोट हाल्न लाइनमा बसेका छन् ।

चिसो अत्यधिक भएपनि स्थानीय उत्साही भएर लाइनमा बसेका स्थानीयबासिन्दा खेमराज घलेले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ मा पर्ने यो केन्द्रका मतदाताहरुले बारपाक पुर्ननिर्माण गर्नेलाई भोट दिने बताउँदै आएका छन् ।

यसैबिच, गोरखाको उत्तरी चुमनुब्री गाउँपालिकाको ल्हो आधारभूत प्रावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेन । दलका प्रतिनिधि केन्द्रमा आइनपुगेकाले मतदान सुरु हुन नसकेको हो । केन्द्रमा २६४ जनाले मतदान गर्नेछन् ।

गोरखामा १ लाख ८९ हजार ४४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् । गोरखामा २१३ मतदानस्थलमा २८२ मतदानस्थल रहेका छन् ।

Share It

Post Comments
थप समाचार