समाचार चिसोका कारण रसुवामा मतदाता पातलिए
Ujyaalo

रसुवा, मंसिर १० – हिमाली जिल्ला रसुवामा मतदान सुरु भए पनि चिसोका कारण मतदाताको उपस्थिति पातलो रहेको निर्वाचन अधिकारी नबिन खालिङले बताउनभयो ।


जिल्लाको ३४ वटा मतदानस्थल र ४५ मतदान केन्द्रमा बिहान ७ बजेबाट एक साथ मतदान सुरु भएको हो । जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका र पार्वतीकुण्ड गाउँपालिकामा पर्ने मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति पातलो छ ।


गाउँपालिकास्थित लाङटाङ, धुन्चे, स्याफ्रु, गत्लाङ, बृद्धिम, चिलिमे लगायतको स्थानमा चिसो बढ्दा मतदाता ढिलो गरि मतदान केन्द्रमा पुगेकाले मतदान पनि ढिलो गरी सुरुवात भएको हो ।


रसुवा जिल्लाको माथिल्लो क्षेत्रमा बादल लागेको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने २३ जना चुनावी मैदानमा उत्रिएका छन् ।


एउटा प्रतिनिधिसभा र दुई ओटा प्रदेशसभा रहेको जिल्लामा जिल्लामा ३२ हजार तीन सय २३ मतदाताले मतदान गर्दैछन् ।

Share It

Post Comments
थप समाचार