
बझाङ, मंसिर १० –बझाङको सत्यवादिक उच्च मावि भोपुरमा बम भेटिएको छ । सेनाको श्री शाग्रामसाद्र्रल गुल्म नजिकै बम भेटिएको हो ।
सेनाको टोलीले अहिले बम डिस्पोज गरेको जानकारी दिएको छ । सेनाको ब्यारेक भन्दा झण्डै सय मिटर अगाडिको दूरीमा नै बम भेटिएको हो । बम राखिएको ठाउँमामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पार्टीको पर्चा भेटिएको छ । यस्तै बझाङकै कन्या मावि कफलसेरीमा रातोकपडामा बेरिएको शंस्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
Share It
Post Comments
थप समाचार