समाचार खोटाङमा धमाधम मतदान
Ujyaalo

खोटाङ, मंसिर १० –खोटाङका सबै मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ ।

खोटाङका १ सय ३६ वटा मतदानस्थलका १ सय ७९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । मतदान सुरु भएको प्रशासनले जनाएको छ ।

खोटाङमा १ लाख २५ हजार १ सय ८३ मतदाता छन् । निर्वाचनको सुरक्षाका लागि २ हजार ५ सय ८७ सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

मतदानस्थलमा १ हजार ४ सय ३२ जना कर्मचारी परिचालन गरिएको छ ।

 

Share It

Post Comments
थप समाचार