समाचार बादल हटेर घाम लागेपछि रसुवामा मतदाताको उपस्थिति बढ्यो
Ujyaalo

रसुवा, मंसिर १० – हिमाली जिल्ला रसुवामा मौसम अनुकूल भएसँगै मतदाताको उपस्थिति बढेको छ ।

मतदान सुरु भएको दुई घण्टासम्म मतदाताको उपस्थिति पातलो रहेको भएपनि अहिले मतदाताको सहभागिता उत्साहजनक रहेको मतदान अधिकृतहरुले बताएका छन् । जिल्लामा अहिले बादल हटेर घाम लागेको छ ।


जिल्लाको ३४ ओटा मतदानस्थल र ४५ मतदान केन्द्रमा बिहान ७ बजेबाट एकसाथ मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानकेन्द्रहरुबाट तथ्याङ्क आउने क्रम जारी रहेकाले कति प्रतिशत मत खस्यो भनेर भन्न सकिने अवस्था रहेको छैन ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने २३ जना चुनावी मैदानमा उत्रिएका छन् । एउटा प्रतिनिधिसभा र दुईओटा प्रदेशसभा रहेको जिल्लामा जिल्लामा ३२ हजार तीन सय २३ मतदाताले मतदान गर्दैछन् ।

Share It

Post Comments
थप समाचार