समाचार रामेछापका धेरै मतदान स्थलमा मतदाता छैनन्
Ujyaalo

दीपक भट्ट/उज्यालो ।

रामेछाप, मंसिर १० – आइतबार भैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रामेछापका धेरै मतदान स्थलहरुमा मतदाताको उत्साह कम देखिएको छ ।

बिहान चिसोका कारण मतदाताहरु मतदानस्थलमा नगएको भनिएपनि घाम लाग्दा समेत मतदाताहरु मतदान स्थलमा पुगेका छैनन् । जिल्लाको प्रदेशसभा (क) तर्फ  ४४ वटा मतदान स्थल र ९३ वटा मतदान केन्द्र गरी १ सय ३७ वटा रहेका छन् ।

यसैगरी प्रदेशसभा (ख) तर्फ ४६ वटा मतदान स्थल र ९८ वटा मतदान केन्द्र गरी जम्मा १ सय ४४ वटा मतदान केन्द्र रहेका छन् । धेरै ठाउँका मतदान स्थलहरुमा मतदाताको उपस्थिति कम देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

बिहान चिसो भएका कारण र घाम लागेपछि घरमा खाना खाएर जाने मतदाताहरु बढी भएकाले पनि बिहान मतदानस्थलमा मतदाता कम देखिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानिय तहको चुनावमा भन्दा अहिलेको प्रतिनिनिधसभा र प्रदेशसभामा भने मत कम खस्न सक्ने अनुमान छ ।रामेछापमा १ प्रतिनिधिसभा र २ प्रदेशसभा गरी कुल १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता छन् ।

जिल्लाका सबै मतदान केन्द्रमा मतदाताहरु उपस्थित न्युन भएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

Share It

Post Comments
थप समाचार