समाचार सिन्धुपाल्चोकको लागर्चे मतदान केन्द्रमा मतदान सुरु
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर १० – सिन्धुपाल्चोकको पाँचपोखरी लागर्चे मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

शनिबार राती वाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबिच विवाद भएपछि मतदानमा ढिलाई भएको थियो । केहीबेरअघि मतदान सूरु भएपछि सय भन्दा धेरै मत खसिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार