समाचार झार्लाङमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले कब्जामा लिएको मतदान केन्द्रमा सेनाको टोली जाँदै
Ujyaalo

धादिङ, मंसिर १० – धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा नेपाली सेनाको टोली पुग्दैछ । त्यस मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले कब्जामा लिएपछि मतदान सुरु हुन सकेको छैन ।

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएपछि मतदान सुरु हुन नसकेको हो । मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधि जान नसकेपछि मतदान सुरु हुन नसकेको र सेनाको टोली पुग्ने बित्तिकै स्थिति नियन्त्रणमा लिएर मतदान सुरु हुने बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार