समाचार सिन्धुपाल्चोकमा ११ बजेसम्म ४० प्रतिशत मतदान
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर १० – सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्ममा ४० प्रतिशत मतदान भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएको विषयमा दलहरुबीचको विवादले  मतदान हुन ढिलोभएपनि दलहरुबिच सहमतिपछि भएपछि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले बताउनुभयो ।

बिहान शुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार