समाचार किरियापुत्रीद्वारा मतदान
Ujyaalo

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु,मंसिर, १०(सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानिमा एक किरियापुत्रीले पनि मतदान गर्नुभएको छ ।

आठ दिनदेखि आमा सन्तमाया मगरको काजकिरिया गरिरहेका तामाखानीका शेरबहादुर मगरले सोलुदुधकुण्ड नगरपालिका –३ को ज्वालामाई आधारभुत विद्यालयबाट मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

सबैभन्दा ठुलो दान नै मतदान भएकाले आफुले मतदान गरेको मगरले बताउनुभयो । किरियापुत्री भएपनि मतदानमा कुनै समस्या नरहेके उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार