समाचार मुस्ताङमा झण्डै ३२ प्रतिशत मतदान सम्पन्न
Ujyaalo

मुस्ताङ, मंसिर १० –हिमाली जिल्ला मुस्ताङमा झण्डै ३२ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रले अहिलेसम्म ३१ दशमलव ९४ प्रतिशत मतदान भइसकेको विवरण आएको जानकारी दिनुभयो ।

जिल्लाको हिमालय आधारभुत विद्यालय कागबेनीमा ९८ प्रतिशत मतदान भइसकेको छ । जम्मा ३९ जना मतदाता रहेकोमा अहिलेसम्म ३३ जनाले मतदान गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै जनहित मावि जोमसोममा मतदान भएको छ । त्यहाँ अहिलेसम्म १ सय ९९ जनाले मतदान गरिसकेका छन् । त्यहाँ जम्मा ५ सय ४६ जना मतदाता छन् । मुस्ताङमा जम्मा ९ हजार ४ सय २७ मतदाता छन् ।

 

Share It

Post Comments
थप समाचार