समाचार लमजुङमा यसपालीको चुनावमा मतदान गर्न सहज, मतदाता उत्साहित
Ujyaalo

मंसिर १० – लमजुङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदाताले उत्साहका साथ मतदान गरिरहेका छन् ।

लमजुङमा १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा चलेको जिल्ला निर्वाचन अधिकारी तुल्सीप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।

अघिल्ला चुनावमा भन्दा यसपाली मतदान गर्न सजिलो भएको मतदाताहरुले बताएका छन् । ‘पालैपालो थोरै संख्यामा मतदाताहरुलाई मतदान केन्द्रमा पठाईएको छ,’ सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटीका हर्कबहादुर घर्तीले बताउनुभयो । प्रतिनिधिसभा चुनावका लागि एक निर्वाचन क्षेत्र मानिएको लम्जुङमा प्रत्यक्षतर्फ ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

माओवादी केन्द्रका देवप्रसाद गुरुङ र नेपाली कांग्रेसका दिलबहादुर घर्ती, संघीय समाजवादी फोरम नेपालका खेमजङ्ग गुरुङ, विवेकशील साझा पार्टीका निर्देश सिलवाल, देशभक्त समाज पार्टिका मेत्तर गुरुङ, जनसमाजवादी पार्टी नेपालका निराजन कुवँर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सुरेशचन्द्र न्यौपाने, मंगोल नेशनल अर्गनाइजेसन सोमबहादुर गुरुङ, नयाँ शक्ति पार्टी नेपालका देवेन्द्र पराजुली, राष्ट्रिय जनमुक्ति पार्र्टीका यम बहादुर थापा मगर, स्वतन्त्रबाट द्वारिकाप्रसाद मिश्रको उम्मेदवारी परेको छ ।

 

Share It

Post Comments
थप समाचार