समाचार खोटाङमा २४ प्रतिशत मत खस्यो
Ujyaalo

खोटाङ, मंसिर १० - खोटाङमा २४ प्रतिशत मत खसेको छ । साढे ११ बजेसम्ममा जिल्लाका १ सय ३६ मतदान स्थलका १ सय ७९ मतदान केन्द्रमा २४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।

सवै ठाउँमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खोटाङमा १ लाख २५ हजार १ सय ८३ मतदाता छन् ।

 

Share It

Post Comments
थप समाचार