समाचार दिउँसो साढे १२ बजेम्ममा ४० प्रतिशत मतदान, मनाङमा सबैभन्दा धेरै ५० प्रतिशत
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको चुनावमा ३२ जिल्लामा आइतबार बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार दिउँसो साढे १२ बजेसम्ममा औषतमा ४० प्रतिशत मतदान भएको छ । यसमा सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य हुनेछ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

 

Share It

Post Comments
थप समाचार