समाचार दार्चुलामा नक्कली बमले तर्सायो, अहिलेसम्म ३५ प्रतिशत मत खस्यो
Ujyaalo

दार्चुला, मंसिर १०– दार्चुलाको सदरमुकाम खलंगामा देखिएको शंकास्पद बस्तु बम नरहेको नेपाली सेनाले जनाएको छ । दार्चुलाको सदरमुकाममा नेपाली कांग्रेसको पार्टि कार्यलय र मेघा बैङ्क नजिक बम रहेको हल्ला चलेपछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो ।

तर त्यहाँ मतदाता तर्साउनको लागि मात्रै नक्कली बम राखिएको सेनाले जनाएको छ । डिस्पोजल गर्दा नक्कली बम रहेको प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले जानकारी दिनुभयो ।

अहिले दार्चुलामा ३५ प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । अहिले सदरमुकाम खलंगामा सुरक्षा व्यवस्था कडा पारिएकोे र सबै मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार