समाचार बझाङमा ४० प्रतिशत मत खस्यो
Ujyaalo

बझाङ, मंसिर १०– बझाङमा दिउँसो साढे १ बजेसम्म ४० प्रतिशत मत खसेको छ । जिल्लाका सबैजसो मतादान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको र दिउँसो साढे १ बजेसम्म ४० प्रतिशत मत खसी सकेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख धु्रबकुमार भण्डारीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा यो समय सम्म ४० प्रतिसत मत नै खसेका कारण सोही अनुपातमा मत खस्ने उहाँको भनाई छ । जिल्लाका १ सय ६० मतदान स्थलमा नै शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ ।

विहान केही चिसोका कारण मतदाताको उपस्थिती न्युन रहेपनि अहिले भने सबै मतदान केन्द्रमा मतदाता आउने क्रम बढेको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा बझाङमा ७३ प्रतिशत मत खसेको थियो ।

Share It

Post Comments
थप समाचार