समाचार कालिकोटमा ४० प्रतिशत मत खस्यो 
Ujyaalo

मनिराज पाण्डे/उज्यालो

कालिकोट, मंसिर १० — कालिकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । अहिले सम्म ४० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।

कालिकोटमा ६४ हजार ९ सय ६१ मतदाता छन् । ‘मतदाता उत्साहका साथ मतदान गरिरहेका छन्, जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ’ उज्यालोसँग भन्नुभयो । गयराती जिल्लाका विभिन्न ठाउँमा नेकपाका कार्यकर्ताले राँकेजुलुस र बम बिस्फोट गरी मतदाता तर्साउने काम गरेपनि मतदाता उत्साहित भएर मतदानमा सहभागी भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार