समाचार चुनावको विस्तृत खबरका लागि उज्यालोले ल्यायो नयाँ वेवसाइट
Ujyaalo

काठमाडौं, मंसिर ५ – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावबारे देश विदेशमा रहेका नेपालीलाई सम्पूर्ण जानकारी दिन उज्यालोले चुनावसम्बन्धी विशेष वेवसाइट इलेक्सन डट उज्यालोअनलाइन डटकम सार्वजनिक गरेको छ ।

मंसिर १० र २१ गते हुने चुनावसम्बन्धी खबर तथा विवरणलाई पाठकमाझ पुर्यासउन सहज होस भन्ने उद्देश्यले छुट्टै साइट सञ्चालनमा आएको हो ।

यो नयाँ साइटमा चुनावसम्बन्धी सबैखाले जानकारी, समाचार, विश्लेषण, सहभागी राजनीतिक दल, दलका घोषणपत्र, सबै उम्मेदवारको नामावली, चर्चित तथा मुख्य उम्मेदवारको तस्बिरसहित ताजा जानकारी र विवरण राखिएको छ ।

यसमा हरेक जिल्ला र निर्वाचन क्षेत्रको नक्सासहितको जानकारीसँगै चुनावी खबर तथा विश्लेषण समेटिनेछ ।

Share It

Post Comments
थप समाचार