समाचार मुस्ताङमा ६५ प्रतिशत मतदान
Ujyaalo

मुस्ताङ, मंसिर १० – मुस्ताङमा दिउँसो दुई बजेसम्म झण्डै ६५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रका अनुसार मुस्ताङका ३७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । केहीमा मतदानको क्रम सकिएको छ बाँकी केन्द्रमा ५५ देखि ६० प्रतिशत मतदान भएको छ । समग्रमा अहिलेसम्म मुस्ताङमा झण्डै ६५ प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार