समाचार पाँचथरका मतदातामा उत्साह कम
Ujyaalo

पाँचथर, मंसिर १० – पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पाँचथरमा उत्साह कम देखिएको छ ।

गाउँघरका जनप्रतिनिधि नभएकाले नागरिकमा स्थानीय चुनावको भन्दा उत्साह कम देखिएको हुनसक्ने निर्वाचन अधिकारीहरुले बताएका छन् । मौसम राम्रो भएपनि धेरै ठाउँका मतदान स्थलमा मतदाताको उपस्थिती कम देखिएको प्रमुख निर्वाचन अधिकृत मनोज कुमार केसीले बताउनुभयो । पाँचथरका केही मतदान केन्द्र खाली देखिएका छन् ।

थोरै मतदाता भएकाले भोट हाल्न लाइन बस्नु परेको छैन । जिल्लाका १६० वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म पाँचथरमा ४० प्रतिशत मत खसिसकेको जनाइएको छ ।

Share It

Post Comments
थप समाचार