समाचार स्थानीय तहको चुनावमा जस्तो देखिएन उत्साह
Ujyaalo

बालकुमार शर्मा/उज्यालो

जाजरकोट मंसिर १० – स्थानीय तहको चुनावमा जस्तो मतदातामा उत्साह यसपटकको चुनावमा नदेखिएको चुनावमा खटिएका कर्मचारी तथा नेताहरु बताउँछन् । स्थानीय तहको चुनावमा मध्यान्हसम्ममा पचास प्रतिशत भन्दा बढी मत खस्दा समेत लाइनमा मतदाताहरु ठेलमठेल देखिए पनि प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा त्यस्तो रौनक नभएको जाजरकोटका नागरिक अगुवा केशव जंग शाहले बताउनुभयो ।

 

‘मतदान गर्न आएका मतदाता जुन रौनक थियो, यसपाली भेटिएन, सायद छोटो समयमै अन्तरमा दुईवटा चुनाव भएर पनि होला ?’ उज्यालोसँग कुराकानी गर्दै उहाँले बताउनुभयो ।

एक जना मतदातालाई मतदान गर्न सरदर ६ देखि ७ मिनेट लाग्ने गरेको छ । वृद्धवृद्धा र अशक्तलाई भने १० देखि ११ मिनेट समय लाग्ने गरेको छ । मतदान स्थलमा दलका प्रतिनिधिले मतदातालाई प्रलोभनमा पारेको भन्दै केहीबेर भेरी नगरपालिकाको ४ नम्वर वडा कार्यालयमा लोकतान्त्रिक र वाम गठवन्धनका कार्यकर्ता बीच विवाद भएपनि अहिले अवस्था सामान्य भएको छ ।

अहिलेसम्म २५ देखि ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप समाचार