समाचार निर्वाचन आयुक्तहरु चुनावको प्रत्यक्ष निगरानीमा
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले ३२ जिल्लामा भइरहेको चुनावको प्रत्यक्ष निगरानी गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा बसेर चुनावको प्रत्यक्ष निगरानी गरिरहनु भएको हो ।

हिमाली तथा उच्च पहाडी जिल्लाका निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउन सम्बद्ध पदाधिकारीलाई तत्कालै निर्देशन दिने कार्यसमेत प्रमुख निर्वाच आयुक्त तथा निर्वाचन आयुक्तबाट भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । आयोगका अनुसार छिटफुट बाहेक सबैतिर शान्तिपूर्ण रुपमा चुनाव भइरहेको छ ।

Share It

Post Comments
थप समाचार