समाचार पुर्वी हिमाली जिल्लामा यसरी मतदान हुँदै
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो

विराटनगर, मंसिर १० – पहिलो चरणमा मतदान भएको पुर्वी हिमाली जिल्ला सोलुखु्म्बु र संखुवासभामा झण्डै ४० प्रतिशत मतदान भएको छ । कतिपय मतदान केन्दहरुमा २५ प्रतिशत पनि मततदान हुन नसकेको निर्वाचन कार्यालयहरुले जनाएको छन् ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निर्वाचन अधिकारी खिमादेजवी लङवाले ४५ प्रतिशत मतदानद सम्पन्न भएको जानकारी दिनुभयो । निर्वाचनको क्रममा सबैभन्दा माथिल्ला हिमाली मतदान केन्द्रहरुमा मतदाताको बिहान मतदानको लागि समस्या देखिएको भएपनि १२ बजेपछि उपस्थिती बढेको उहाँको भनाई छ । ६९ हजार ४ सय ११ जना मतदाता रहेको खोलुखुम्बुमा मतदान शान्तिपूर्ण रुपमा भईरहेको लङवाले जानकारी दिनुभयो ।

त्यस्तै संखुवासभामा २५ देखि ४० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ७ बजे देखि नै मतदानको लागि कर्मचारीहरु मतदान गराउने तयारीमा रहेको भएपनि मतदाताको उपस्थिती निक्कै कम थियो ।

घाम तात्दै गएपछि मतदाताको संख्या बढेको भएपनि संखुवासभाका कतिपय निर्वाचन केन्द्रमा २ बजे सम्म २५ प्रतिशत पनि मदतान हुन नसकेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका निर्वाचन अधिकारी ऋषिकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा २५ देखि बढीमा ४० प्रतिशतसम्म मतदान भईसकेको छ । यसैबिच सरस्वती मतदान केन्द्र चैनपुरबाट ९१ बर्षिय मनमायाँ रोक्काले मतदान गर्नु भएको छ ।

किमाथाङ्काको मत पेटिका भोली आउने

पुर्वी पहाडी क्षेत्रको चिनसँग जोडिएको नाका किमाथांकाबाट मतदान सकिएपनि आज मत पेटिका ल्याउन सकिने अबस्था नरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

दाहालका अनुसार ५ बजेसम्म मतदान हुने र त्यसपछि कर्मचारीलाई मिलाउन लाग्ने समय सहितलाई आधार मान्दा आज सो क्षेत्रबाट मत पेटिका आउन सक्दैन ।

सिन्धु भोटखोला गाउँपालिका अन्तर्गतका ९ वटा मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट भोली बिहान ल्याइने उहाँको भनाई छ । ‘किमाथांका मतदान केन्द्र सहितका ९ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ, उहाँले भन्नुभयो, चाँडै रात पर्ने भएकाले हेलिकोप्टरले राती ल्याउन सक्ने अबस्था नहुने हुँदा भोली मात्र आउन सक्छ ।’ संखुवासभामा एक लाख ५ हजार ४६ मतदाता छन् ।

भोजपुरमा पनि कम मतदान

भोजपुरमा पनि २० देखि ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावका लागि मतदाता उत्साहित नदेखिएपछि कतिपय मतदात केन्द्रमा २० प्रतिशत पनि मतदान हुन नसकेको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

उहाँले मतदातामा उत्साह निक्कै कम देखिएको र अहिलेसम्मको अवस्था हेर्दा धेरै मतदान भएको मतदान केन्द्रमा पनि ५० प्रतिशत मात्र मत खसेको बताउनुभयो । भोजपुरमा १ लाख ४३ हजार ७ सय ४५ मतदाता छन् ।

Share It

Post Comments
थप समाचार