समाचार रुकुमको बाँफिकोटको एक मतदान केन्द्रमा २१ गते पुनः चुनाव हुने
Ujyaalo

रुकुम, मंसिर १०– पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ ।

नचिनेका मान्छेको समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिनुभयो । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ ।

मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निधो गरेको हो ।

मत पेटिकामा आगो लगाएको असंकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ । यो केन्द्रमा प्रदेश सभाको लागी भने मतदान भैरहेको छ । यहाँ ६ सय ७२ जना मतदाता रहेका छन् ।

Share It

Post Comments
थप समाचार