समाचार खोटाङका ५ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा
Ujyaalo

खोटाङ, मंसिर १० – खोटाङका ५ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गरेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाका लागि निर्धारित १३६ मतदानस्थलका १७९ मतदान केन्द्र मध्ये ५ वटा केन्द्र महिला कर्मचारीको नेतृत्वमा भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको पञ्च माबि केन्द्रमा कोपिला राई, बाम्राङको साबित्रा माबि ‘ख’ केन्द्रमा गीता न्यौपाने भट्टराई, दिपु्रङ गाउँपालिका–१ याम्खाको ‘ख’ केन्द्र रसा प्रधानले नेतृत्वमा सम्हालेका छन् ।

लामिडाँडा गाउँपालिका तिर्पाको गुप्तेश्वर आधारभुत बिद्यालय केन्द्रमा बसन्तकुमारी श्रेष्ठ र खोटेहाङ गाउँपालिका–४ वड्कादियालेको गाविस भवन केन्द्रमा मञ्जु राई मतदान अधिकृतका रुपमा खटिएको जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले बताउनुभयो । निर्वाचन कार्यालयका अनुसार पञ्च माबि केन्द्रमा भने मतदान अधिकृत सहित सबै कर्मचारी महिला छन् ।

Share It

Post Comments
थप समाचार