समाचार मुगुको मुर्मा मतदान केन्द्रमा मतदान सकियो
Ujyaalo

मुगु, मंसिर १० – मुगुको छायानाथ रारा नगरपालिकाको वडा नं. ९ स्थित नेरा मावि मुर्मा मतदान केन्द्रमा मतदान सकिएको छ । जम्मा २०२ मतदाता रहेको केन्द्रमा १६५ जना मतदाताले मतदान गरेका मतदान अधिकृत चन्द्र शेखर चौधरीले उज्यालोलाई जानकारी दिनुभयो ।

६० मतदान केन्द्र रहेको मुगुमा अहिलेसम्म ६० प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

Share It

Post Comments
थप समाचार