समाचार शेयरबजारमा चुनावको असर, बजार २१ अंकले बढ्यो
Ujyaalo

काठमाडौं, मंसिर १० – शेयर बजारमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सकरात्मक असर परेको छ । ३२ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान चलिरहँदा शेयर बजार आइतबार २१ दशमलव ०५ अंकले बढेर १५ सय १४ दशमलव ३४ अंकमा पुगेको छ ।

कारोबार भएका मध्ये धेरै जसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार बढेको हो । चुनाव शान्तिपूर्ण रुपमा चलिरहँदा लगानीकर्ता आशावादी भएर शेयर किन्न हौसियपछि बजार बढेको हो ।

कारोबार भएकामा ब्यापार समूहबाहेक अरु सबै समूहको परिसुचक बढेपछि नेप्से पनि बढेको हो । झण्डै ६० करोडको कारोबार भएको दिन आज स्टान्डर्ड चार्टर बैंकको सबैभन्दा धेरै ६ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज नयाँ नेपाल लघुवित्त र कर्णाली विकास बैंकका शेयरधनीले १० प्रतिशत कमाएका छन् । बजार बढे पनि बिशाल बजार कम्पनी लिमिटेडको शेयर धनीले ५ प्रतिशत गुमाएका छन् ।

Share It

Post Comments
थप समाचार