समाचार बाग्लुङमा ५२ प्रतिशत मतदान
Ujyaalo

बाग्लुङ, मंसिर १० – बाग्लुङमा अहिलेसम्म ५२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । बिहानदेखि नै जिल्लाका सबै मतदानकेन्द्रमा शान्ति पूर्णरुपमा मतदान भइरहेको कार्यालयले जानकारी दिएको छ ।

अहिले मतदाता आउने क्रम केही कम भएको छ । तर बेलुका पाँच बजेसम्म मतदान केन्द्रमा कर्मचारी बस्नेछन् । एक सय ९९ सय मतदानकेन्द्र रहेको बाग्लुङमा १ लाख ६७ हजार २ सय ६२ मतदाता छन् ।

 

Share It

Post Comments
थप समाचार