समाचार ५५ प्रतिशत मत खस्यो
Ujyaalo

काठमाडौं, मंसिर १०– चुनाव भैरहेका जिल्लामा दिउँसो ३ बजेसम्ममा ५५ प्रतिशत मत खसिसकेको निर्वाचन अयोगले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा मतदान भैरहेको छ ।

दिउँसो ३ बजेसम्ममा औसतमा ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४ सय ६५ मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।

बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ५ बजेसम्म जारी रहनेछ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

 

Share It

Post Comments
थप समाचार