समाचार दोलखामा अहिलेसम्म ५५ प्रतिशत मतदान
Ujyaalo

दोलखा, मंसिर १० – दोलखामा अहिलेसम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोलखाका ९४ मतदान स्थल र एक सय ९० मतदान केन्द्रमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले बताउनुभयो ।

मतदाता आउने क्रम केही कम भए बेलुकी पाँच बजेसम्म मतदान केन्द्रमा कर्मचारी बस्नेछन् । दोलखामा ७३ हजार ८ सय ७८ पुरुष र ७४ हजार ४५ जना महिला गरी एक लाख ४७ हजार ९ सय २३ जना मतदाता छन् ।

 

 

Share It

Post Comments
थप समाचार