समाचार दोलखाका ३ वटा केन्द्रमा किरियापुत्रीले गरे मतदान
Ujyaalo


दोलखा, मंसिर १० – दोलखाका ३ वटा मतदान केन्द्रबाट किरियापुत्रीले पनि मतदान गरेका छन् । भिमेश्वर नगरपालिका ४, मेलुङ गाउँपालिका २ र शैलुङ गाउँपालिका ५ मा किरियापुत्रीले मतदान गरेका हुन् ।

५ दिनदेखि बुबा पदमप्रसादको किरिया बसेका दुर्गाप्रसाद चौलागाई र रुद्रप्रसाद चौलागाईले भिमेश्वर नगरपालिका ४ को सर्व माबि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

यसैगरी ११ दिनदेखि आमा मनमाया खड्काको किरियामा बसेका बद्री खड्काले मेलुङ २ कालिका मावि कबाट मतदान गर्नुभएको छ ।
त्यसैगरी आमा रत्नकुमारी कार्कीको किरियामा बसेका गणेशबहादुर कार्की र श्यामबहादुर कार्कीले शैलुङ गाउँपालिका ५ वीरेन्द्र माबि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार