समाचार डोल्पामा ५८ प्रतिशत मतदान
Ujyaalo

डोल्पा, मंसिर १० – डोल्पामा दिउँसो ४ बजेसम्म ५८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पाका ६६ मतदान केन्द्र मध्ये ६४ वटामा मतदान चलिरहेको छ ।

दिउँसो ४ बजेसम्म ५८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रमेश ग्यावलीले जानकारी दिनुभयो । उहाँका अनुसार शे–फोक्सोण्डो गाउँपालिकाको फोद केन्द्रमा सबै २३ मतदाताले मतदान गरेका छन् ।

त्यसैगरी छरकापाङ्साङ गाउँपालिकाको पाङसाङकोट केन्द्र र शे–फोक्सोण्डो गाउँपालिकाको पुरानो कुलाङ् केन्द्रमा भने कति मतदान भयो भन्ने जानकारी आएको छ । त्यहाँ मतदान कति भयो भन्ने बारे मतदान टोलीसँग सम्पर्क भएको छैन ।

बिहानैदेखिको प्रयास पछि पनि सम्पर्क भएको छैन । यी मतदान केन्द्र तिब्बतसँग जोडिएका छन् ।

 

Share It

Post Comments
थप समाचार