समाचार पाँचथरमा ९७ वर्षका दम्पत्तिद्वारा मतदान
Ujyaalo

पाँचथर, मंसिर १० – पाँचथरमा ९७ वर्षका दम्पत्तिले मतदान गरेका छन् ।

पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम मावि मतदान केन्द्रमा बिहान ७ बजे फिदिम नगरपालिका–१ का ९७ वर्षिय मुक्तिनाथ तिम्सिना र उहाँकी श्रीमती ९७ वर्षकै मनमाया तिम्सिनाले मतदान गर्नुभएको हो ।

प्रतिनिधि सभामा मतदान गर्ने एक लाख २५ हजार दुइ सय १९ जना मतदाता छन् । प्रदेश सभामा मतदान गर्ने क्षेत्र नम्बर १ मा ६६ हजार २ सय ३३ र क्षेत्र नम्बर २ मा ५८ हजार ९ सय ९६ जना मतदाताले मतदान गरिरहेका छन् ।

अन्तराष्ट्र्रिय निर्वाचन अनुगमनकर्ताको रुपमा युरोपियन युनियन, राष्ट्रिय मानव अधिकार आयोग, नियोगका प्रतिनिधिले मतदान स्थलमा निर्वाचन अनुगमन गरिरहेको निर्वाचन अधिकृत मनोजकुमार केसीले जानकारी दिनु भयो ।

पाँचथरमा १०१ मतदानस्थल र एक सय ६५ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरिरहेका छन् । पाँचथरमा चार बजेसम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताउनु भयो

Share It

Post Comments
थप समाचार