समाचार मुस्ताङमा ७०.६ प्रतिशत मतदान
Ujyaalo

मुस्ताङ, मंसिर १० – मुस्ताङमा दिउँसो चार बजेसम्म ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । ३७ मतदान केन्द्र रहेको मुस्ताङमा मतदान अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।

९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा अहिलेसम्म ६ हजार ६ सय ५६ मतदाताले भोट दिएका छन् । यसरी हेर्दा दिउँसो चार बजेसम्म मुस्ताङमा ७० दशमलव ६ प्रतिशत मतदान भएको मिश्रले बताउनुभयो ।

जिल्लामा एकजना तेस्रो लिंगीले पनि भोट दिएका छन् । योगेन्द्र मावि टुकेचेबाट एकजना तेस्रो लिंगीले मतदान गरेको उहाँले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार