समाचार मतदानको समय सकियो
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि मतदान गर्ने सयम सकिएको छ । हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो । 

मतदानको समय सकिए पनि निर्वाचन आयोगले ५ बजेसम्म लाइनमा बसेका मतदाताले भोट खसाल्न पाउने आयोगले जनाएको छ । छिटपुट घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा मतदान भएको आयोगले प्रारम्भिक प्रतिक्रिया जनाएको छ । 

अन्तिम विवरण संकलन भइहरको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचनको बारेमा आयोगले ६ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । 

Share It

Post Comments
थप समाचार