समाचार मतपेटिका संकलन गर्दा पनि सेनाको हवाई गस्ती
Ujyaalo

बझाङ, मंसिर १०- बझाङमा मतपेटिका संकलन भैरहँदा सेनाले हवाई गस्ती गरिरहेको छ । दिउँसो ठाउँ ठाउँमा बम बिस्फोट भएपछि प्रदेश नम्बर ७ का मतदान केन्द्रमा सेनाले हवाई गस्ती बढाएको छ ।

प्रदेश नम्बर ७ का ४ वटा जिल्लामा सुरक्षा सर्तकता उच्च बनाइएको हो । बझाङ, बैतडी, बाजुरा र बैतडीमा नेपाली सेनाले हवाई गस्ती गरेको हो ।

मतपेटिकाको सुरक्षाको लागि नेपाली सेनाका हेलिकप्टरले दिनभर गस्ती गरे भने सबै ठाउँबाट मतपेटिका संकलन नभएसम्म गस्ती जारी रहने छ ।

‘दिपायलमा बेस रहने गरी नेपाली सेनाको स्पेशल एयरफोर्सले चारै जिल्लाको गस्ती गरिरहेको छ’ बझाङका प्रहरी नायव उपरिक्षक क्रृषिराम कडेलले भन्नुभयो ‘आवश्यक परेको बेला जुनसुकै जिल्लाको जुनसुकै ठाउँमा पनि पुग्ने गरेर अहिले हेलिकप्टर घुमिरहेको छ ।’

केही मतदान केन्द्रमा मतदान सकिएपछि मतपेटिका संकलनको काम सुरु भएको छ ।

Share It

Post Comments
थप समाचार