समाचार पाँचथरको सिद्ध मावि मतदान केन्द्र नजिकै भेटिएको बम निस्क्रिय
Ujyaalo

पाँचथर, मंसिर १० – पाँचथरमा कुम्मायक गाउँपालिका स्थित सिद्ध मावि मतदान केन्द्र नजिकै फेला परेको बम निस्क्रिय पारिएको छ ।

मतदान केन्द्रको नजिकै बम रेड बुलको बट्टामा बनाइएको बम देखेर स्थानीयबासिन्दाले खबर गरेका थिए । नेपाली सेनाको टोलीले बम निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार