समाचार रोल्पामा ५५ प्रतिशत मत खस्यो, थवाङमा ३० प्रतिशत मात्रै
Ujyaalo

रोल्पा, मंसिर १०– रोल्पामा ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।

जम्मा एक लाख २७ हजार ६ सय २९ मतदाता रहेको रोल्पामा ७० हजार ३ सय २१ मत खसेको छ । जसमध्ये ३८ हजार एक सय १८ महिला र ३२ हजार २ सय ३ पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो ।

रोल्पाका विभिन्न स्थानमा बम विष्फोट भएपनि कुनै क्षतिभने नभएको प्रशासनले जनाएको छ । समग्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन कायाइलयले जनाएको छ ।

तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन बहिष्कार गर्ने गाउँको रुपमा चिनिएको थवाङमा २ हजार ७ सय ७२ मतदाता रहेकोमा ८ सय २२ मत मात्रै खसेको हो ।

 

Share It

Post Comments
थप समाचार