समाचार बझाङमा स्थानीय तहको चुनावमा भन्दा १३ प्रतिशत कम मत खस्यो, मतपेटिका संकलन गरिँदै
Ujyaalo

डीबी विष्ट/उज्यालो ।

बझाङ, मंसिर १०– बझाङमा स्थानीय तहको चुनावमा भन्दा १३ प्रतिशत मत कम खसेको छ । विहान ७ बजे देखी सुरु भएको मतदान प्रकृया सबै केन्द्रमा सकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

आज सम्पन्न भएको मतदान प्रकृयाका ५५ देखी ६० प्रतिशतको बिचमा मात्र मत खसेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख धु्रबकुमार भण्डारीले बताउनु भयो । हिउँद लागेसँगै रोजगारीका लागी युवा भारत गएका कारण स्थानीय तहको चुनावमा भन्दा कम मत खसेको हो ।

स्थानीय बासिन्दा तथा मतदाताको प्रतिकृया अनुसार “स्थानीय तहको निर्वाचनको समयमा स्वयम् उम्मेद्धारहरुले आफ्नो जीत सुनिश्चित गर्नका लागी पढाईको सिलसिलामा विभिन्न सहर, धनगढी कैलाली, काठमाडौं, नेपालजंग, महेन्द्रनगर गएका विद्यार्थी तथा मतदाताहरुलाई ल्याएको भए पनी यो चुनावमा त्यस्तो नभएका कारण पनि मत कम खसेको बताएका छन् ।”

स्थानीय बासिन्दा प्रसान्त कठायतका अनुसार स्थानीय तहको चुनावको माहोल हेर्दा र प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको माहोल हेर्दा आजको चुनाब सुनसान जस्तो लागेको बताउनुभयो । यस्तै उम्मेद्धार फेरीने तर उम्मेद्धारले जनतालाई दिएका आश्वसन पुरा नगर्दा मतहाल्न नागरिक उत्साहित नभएको हरी धामीले बताउनुभयो ।

मतपेटिका संकलन गरिँदै

समग्रमा बझाङ जिल्लाको मतदान प्रकृया शान्ति पुर्ण वातावरणमा सम्पन्न भएको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले बताउनुभयो । उहाँका अनुसार मतपेटिका जिल्ला ल्याउने काम सुरु भएको छ । चार ठाउँमा बम विष्फोट भएपनि कुनै क्षति भने नभएको बताउनु भएको छ ।

मतपेटिका संकलनको तयारीमा लागिएको डिएसपी कडेलले जानकारी दिनुभयो । काँडा गाउँपालिकामा रहेका ५ वटा मतदना स्थलका मत पेटिका भोली मात्र पुग्ने र अन्य ११ वटा स्थानीय तहमा भएका मतपेटिका आजै जिल्ला भित्र्याइसक्ने उहाँले बताउनुभयो ।

काँडा गाउँपालिकाको मतपेटिका भने सोमबार हेलीकोप्टर बाट ल्याइने छ । सदरमुकाम चैनपुरबाट तीन दिन पैदल लाग्ने भएका कारण काँडामा भएका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको छ ।

२१ गते बाट मात्र मतगणना सुरु हुने भएकाले मतपेटिका सुरक्षित गर्न नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी र शसस्त्र प्रहरीले कडा सुरक्षा दिने व्यवस्था मिलाइएको कडेलले बताउनुभयो । उहाँका अनुसार मतपेटिका जिल्ला पशुसेवा कार्यालयको हलमा राखिने छ ।

Share It

Post Comments
थप समाचार