समाचार बैतडीमा ६० प्रतिशत मत खस्यो, भोलिसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने
Ujyaalo

बैतडी, मंसिर १०– बैतडीमा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय बैतडीका अनुसार जिल्लामा ६० प्रतिशतको हाराहारीमा मत खसेको हो । स्थानीय तहको चुनावमा भने झण्डै ७२ प्रतिशत मत खसेको थियो ।

तर प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा झन्डै १२ प्रतिशत कम अर्थात ६० प्रतिशत खसेको हो । बैतडीमा १ लाख ३२ हजार ३१९ मतदाता छन् । अधिकांश युवाहरु रोजगारीको सिलसिलामा घरबाहिर भएकाले मत कम खसेको हुन सक्ने अनुमान गरिएको छ ।

मतदान सकिएलगत्तै मतपेटिका ढुवानीको काम शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । मतदान सम्पन्न भएपछि मतपेटिकाको मुचुल्का गरेर ढुवानीको कार्य शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सदरमुकाम नजिक र सडक नजिक भएका मतपेटिका आजै सदरमुकाम पुर्याईने छ भने टाढाका मतपेटिका भोलिसम्ममा सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

सदरमुकाममा ढुवानी गरिएका मतपेटिकालाई मंसिर २१ गतेसम्म सुरक्षा दिएर दशरथचन्द नगरपालिकाको हलमा भण्डारन गरिने छ ।

 

Share It

Post Comments
थप समाचार