समाचार डोल्पामा ७७ प्रतिशत मतदान, उपल्लो डोल्पाको मतपेटिका भोलि मात्र ल्याइने
Ujyaalo

अमर सुनार/उज्यालो

डोल्पा, मंसिर १० – डोल्पामा झण्डै ७७ प्रतिशत मतदान भएको छ । कुल १८ हजार ७ सय ६८ मतदाता मध्ये १४ हजार ४ सय ३१ मतदाताले मतदान गरेका छन् ।

६६ मतदान केन्द्र रहेको डोल्पाका ४४ वटा केन्द्रको मतपेटिका संकलन गरी सदरमुकाम ल्याउने काम भैरहेको र बाँकी तीन गाउँपालिकाको मतपेटिका भोलि या पर्सि मात्र हेलिकप्टरबाट संकलन गरिने मुख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

उपल्लो डोल्पाको छार्क ताङसोङ गाउँपालिका, से फोक्सुण्डो गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकाको २२ मतदान केन्द्रको मतपेटिकालाई सम्बन्धित मतदान केन्द्रमै सुरक्षित राखिने अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार