समाचार जसले बनाउँछ बूढीगण्डकी, उसैले पाउँछ भोट
Ujyaalo

सीताराम अधिकारी उज्यालो ।

धादिङ, मंसिर ५ – देशभर चुनावी माहोल तातेको बेला उत्तरी धादिङको आरुघाट बजार भने अन्योलमा छ । नेपालकै सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि काम सुरु भएपछि आरुघाट र खहरे बजार ढुबानमा पर्ने भएकोले अहिलेसम्म समस्याको समाधान भएको छैन । 

चुनावी मिति नजिकिदै जाँदा गाउँमा भोट माग्न जानेको लर्को लागेको छ । यहाँका बासिन्दाले घर र जग्गाको उचित मूल्य निर्धारण गर्नु पर्ने, बजारको पुनर्वासको व्यवस्था गर्नु पर्ने, रिङरोड बनाउने योजनासहितको योजना ल्याउनु पर्ने, र मुआब्जाको रकम छिटो वितरण गर्नु पर्ने माग रहेको र चुनावमा भोट माग्न आउनेलाई यहि माग राखिरहेको आरुघाटकै व्यवसायी विलप्रसाद श्रेष्ठले बताउनुभयो । 

पहिल्यै बनाउनुपर्ने मुआब्जा अभैm निर्धारण नभएकोले चुनावमा नो भोटको मनस्थितीमा पुगेका आरुघाटबासीले चुनावबाट निर्वाचित प्रतिनिधिले आफ्नो समस्याको समाधान गर्न प्रतिवद्ध भएकालाई मतदान गर्ने बजारबासीको निर्णय भएको स्थानीयबासी सुशील अधिकारीले बताउनुभयो । परियोजना निर्माण गर्न र छिटो बनाउने खाका लिएर आउनेलाई आरुघाटबासीले चुनावमा सहयोग गर्ने बताएका छन् । जब बूढीगण्डकी निर्माणको चर्चा चल्यो, सरकारले बूढीगण्डकी परियोजना विकास समिति निर्माण ग¥यो त्यसपछि बैंक तथा वित्तीय संस्थाबाट समेत समस्या झेल्दैै आएका आरुघाटबासीले बूढीगण्डकीको मुआब्जा निर्धारणमा समेत समस्या झेलिरहेको र सरकारले बेवास्ता गरेको आरुघाटका कमलनारायण श्रेष्ठको भनाइ छ । 

आरुघाट र खहरे बजार भने मुआब्जा अझै सरकारले निर्धारण गरेको छैन । अन्य स्थानका प्रभावितहरुले मुआब्जा पाइसकेका छन् । आरुघाट, धादिङ र गोरखाको क्षेत्रमा झण्डै १ हजार घरहरु रहेका छन् भने खहरेबजारमा ३ सय घर छन् । 

Share It

Post Comments
थप समाचार