समाचार सम्बेदनशील मानिएको जिल्लामा शान्तिपूर्ण मतदान
Ujyaalo

मनिराज पाण्डे/उज्यालो

कालिकोट, मंसिर १० – विप्लप माओवादीका कारण सम्वेदनशील मानिएको कालिकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।

जिल्लाभर ६५ प्रतिशत भन्दा बढी मत खसेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । अति सम्बेदनशील मानिएका नरहरिनाथ गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिकाका केही मतदान केन्द्रबाट हेलिकप्टर मार्फत मतपेटिका आजै सदरमुकाम मान्म ल्याइएको छ ।

गाडी चल्ने ठाउँका मतपेटिका गाडीबाट र गाडी नचल्ले ठाउँका मतपेटिका सुरक्षित ठाउँमा राखेर भोलि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गैहे्रले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार