समाचार हुम्लाको मेखला गाउँमा ‘नो भोट’
Ujyaalo

रमेश ऐडी/उज्यालो

हुम्ला, मंसिर १० – हुम्लाको चंखेली गाउँपालिका ३ मेखलाका बासिन्दाले कसैलाई पनि भोट हालेनन् । वडा विभाजनका क्रममा आफूहरु माथि अन्याय भएको भन्दै मेखलाका बासिन्दाले कसैलाई भोट नहाल्ने निर्णय गरेपछि रारा आधारभूत विद्यालय मतदान केन्द्रमा एउटा पनि मत खसेन । चंखेली गाउँपालिका ३ मेखलाका बासिन्दाले भौगोलिक हिसाबले ठूलो क्षेत्र भएकाले मेखलालाई छुट्टै वडा कायम गर्न माग गरेका थिए ।

चङखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मतदान केन्द्रमा ११९ मतदाता छन् । अरु मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिं धामीले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार